प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।१३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ब्यारेल, ऐ. ट्राफिक चौराहा, ऐ. ९ त्रिवेणीघाट, भजनी न.पा.०५ हलौनाघाट, टीकापुर न.पा.७ सुर्जिपुर र ऐ.८ पायलगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३४,५१८।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, मोबायल डिस्प्ले, चार्ज पिन, मोबायल रिपेरिङका समान, ग्लास, बिजुलीका सामान, मोटर, मोबिल, कुर्ती, धोती, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८२-०७-१३

  कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, दोधरा चाँदनी न.पा.१ चक्कीबजार बस्ने बर्ष २६ को करन सिह धामीलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।१२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।    डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन कैद सजाय र रु.७,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१ बस्ने बर्ष २१ को लोकेश चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।१२ गते ऐ. अमरगढी न.पा.५ बागबजारबाट पक्राउ गरेको  ।

बैतडीमा जिप दुर्घटना
२०८२-०७-१३

    बैतडी:- मिति २०८२।०७।१२ गते २३:०० बजेको समयमा जिल्ला बैतडी, मेलौली न.पा.७ सवाखानी स्थित सुल्लेखानबाट मेलौली तर्फ आउदै गरेको से १ ज ७३२ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला बैतडी, मेलौली न.पा.२ बस्ने बर्ष २४ की तुलसी पाण्डेय गम्भिर घाईते भई उपचारको लागि प्रा: स्वा. केन्द्र मेलौली लगिएकोमा चिकत्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, साथै जिपमा चालक सहित ५ जना सवार मध्ये १ जनाको मृत्यु, चालक जिल्ला बैतडी, दशरथचन्द न.पा. ७ बस्ने बर्ष ३२ को जनक बडू समेत ४ जना घाईते भई उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा रिफर गरिएको ।    

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१२

       कैलाली:- मिति २०८२।०७।११ गते १३:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ जुगेडा कटानबाट  सोही ठाउँ बस्ने बर्ष १९ को आकाश चौधरी र ऐ.७ बस्ने १८ बर्षिय किशोरलाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २ ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        कञ्चनपुर:- मिति २०८२।०७।११ गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बाग्मति प्रदेश ०२-०५० प ७३६८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बङ्क बस्ने बर्ष २६ को प्रदिप ऐरी र मोटरसाइकल पछाडी सवार ऐ. बेदकोट न.पा.२ जडेपानि बस्ने बर्ष २९को जनक बोहराको साथबाट ५ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।