प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा रु.२,०००।–जरिवाना तोकिइ फरार रहेको  जिल्ला कैलाली, टीकापुर न.पा. ८ बस्ने बर्ष २४ को संजय लुहारलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।१३ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०७-१७

     कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय  र रु.५,०००।–जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ बस्ने वर्ष २० को सलमान खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।       बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय  र रु.१५,६००।– क्षतिपुर्ति तोकिएको जिल्ला बझाङ तलकोट गा.पा. वडा नं १ बस्ने वर्ष २९ को बिजय धमेनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१६

    यसैगरी, कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,२१,५९०।– बराबरको विभिन्न किसिमका कपडा, कस्मेटिक,पटाका र किराना लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२३,३००।–( एकलाख तेईस हजार तिनसय) बराबरको बिडी, डिउ र किराना पसलका सामान लगायत आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।