अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहा, ऐ. ५ निसर्ग हस्पिटल नजिक र ऐ. १२ बटौरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३३,९१५।– बराबरको प्याज,चिनी, सुर्ती, सरप, पुजाको तेल, आईसक्रिम स्टिक, पानको पात लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०३।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु पुनर्वास न.पा.९ चकमेली बजार र ऐ.११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,७६०।– बराबरको पेय पदार्थ, गुड, कुर्ती, गन्जि, लेडिज टाउजर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।