प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०३-१५

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।१४ गते ००:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ शान्तीनगर स्थित जगदिश जोशीले सञ्चालन गरेको चप्पल फ्याक्ट्रीको गोदाममा विद्युतको तार सट हुन गई आगलागी हुँदा गोदाम कोठामा रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भएको, मानबिय क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१८

   कैलाली:- जिल्ला कैलाली जानकी गाँउपालिका ६ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ७३० मिलिग्राम र १३ ग्राम गाँजा सहित ऐ.ऐ. वडा नं ८ बस्ने वर्ष २४ को भुवन तिमिल्सिनालाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी,जिल्ला कैलाली भजनी न.पा.५ बक्तुरीघाट स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १८ ग्राम ५७० मिलिग्राम सहित जिल्ला कैलाली कैलारी गा.पा. वडा नं ४ हसुलिया बस्ने वर्ष २० को सरोज चौधरीलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    कञ्चनपुर:- जिल्ला कंचनपुर बेलौरी नगरपालिका ०७ टेडिया स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ३३० मिलिग्राम सहित जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं १ सुख्खड बस्ने वर्ष २३ को जिबन पार्कीलाई लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं.११ होल्डिग सेन्टर ७ नम्बर पिल्लर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५.४४ ग्राम सहित कञ्चनपुर भिमदत्त न.पा. वडा नं ६ बस्ने वर्ष ३२ को दिपक भाटलाई  लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र  इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार सु.प.प्र.०२-००३प ४३८५ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०८३-०७-१७

     कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय  र रु.५,०००।–जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ बस्ने वर्ष २० को सलमान खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।       बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय  र रु.१५,६००।– क्षतिपुर्ति तोकिएको जिल्ला बझाङ तलकोट गा.पा. वडा नं १ बस्ने वर्ष २९ को बिजय धमेनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।