प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०३-१६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहा, ऐ. ४ बसपार्क ऐ. १५ स्थित हुलाकी सडक खण्ड, टीकापुर न.पा.७ सोनफाटा र भजनी न.पा.५ गुलरीया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७२,६२५।– बराबरको प्याज, चिनी, सुर्ती, कालो नुन, मल, खाने तेल, पेय पदार्थ, उलन सुट, सुटपिस, कुर्ता सुरवाल  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०३।१६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ९ जमुनाडी, ऐ. १०बिद्युत कार्यालय नजिक र बेलौरी न.पा. १० पिएमघाट बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७०,९९०।– बराबरको चिनी, पेय पदार्थ, बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०५

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ दक्षिणकाली मार्ग स्थित बुधबार साँझ जिल्ला कैलाली गोदावारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को सन्जय राना, जिल्ला कंञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ७ कलुवापुर बस्ने बर्ष १९ को घनश्याम राना र एकजना १८ बर्षे किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल ३ ग्राम ५८ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित तीनै जनालाई नियन्त्रणमा लिएको । यस सम्बन्धा प्रहरीले आबश्यकक अनुसन्धान गरिरहेको ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-०३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,२९,३००।– बराबरको सुर्ती, सलाई, सुकेको मटर, डिजाईनिङ लेस, कपडामा प्रयोग गर्ने बुट्टा र बोयलर कुखुरा लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.१७ बनगाँउ स्थित अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ३४,०००।– बराबरको झ्याल र ढोकाका पर्दाहरु सोमबार दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-०२

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा.११ ब्यारल चेकपोष्ट स्थित जिल्ला कैलाली घोडाघोडी न.पा.०६ बस्ने बर्ष अं.२५ को बिक्रम मिजार लाई भारतबाट नेपाल आउने क्रममा स.प्र.बल समेत इ.प्र.का.गड्डाचौकी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतबार दिउसो शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ०.१६ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको ।      यसै गरी  जिल्ला कञ्चनपुर भिमदत्त नगरपालीका वडा नं.-९ जिरो पोईन्ट स्थित सडकमा हिडिरहेको अवस्था एक जना किशोरलाई लागु औषध ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ब्रह्मदेब कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतबार साँझ शंका लागि चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल गर्दा १२ ग्राम ला.औ.खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नयन्त्रणमा लिएको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।