प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।१७ गते ०६:०० बजेको समयमा  जिल्ला कैलाली, जानकी गा.पा. ७ गोलौरी स्थित रोपाई गरेको खेतबारीमा सोही ठाउँ बस्ने बर्ष ७१ की फीरिया चौधरी मृत अवस्थामा फेला परेकी, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको ।

यसैगरी, मिति २०८१।०३।१७ गते १९:४५ बजेको समयमा  जिल्ला कैलाली, गोदावरी न.पा. ८ स्थित खुटिया खोलाको बिच भागमा नाम/थर, वतन नखुलेकी दाहिने खुट्टा जनावरले खाएको जस्तो देखिने महिला मृत अवस्थामा फेला परेकी, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०८

      कैलाली, गोदावरी नगरपालिका-१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ कटान जानकी टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ११० मिलिग्राम सहित सोही न.पा.३ भाषी बस्ने १८ वर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ बरैया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.९ नौखरी बस्ने वर्ष २६ को विक्रम डगौरा र ऐ. १० बस्ने वर्ष २२ को महेश चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको शु.न.पा.ह ४० नम्वरको अटो सहित दुवै जनालाई पक्राउ गरेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०६

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडा बिच्छुवा स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ९२३ मिलिग्राम सहित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० घुईयाघाट बस्ने वर्ष २४ को सागर चौधरी र वर्ष २३ को विना नन्द रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको से ७ प १४१६ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कञ्चनपुर भीमदत्त न.पा.१० गज्जर स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम ६७० मिलिग्राम सहित सोही न.पा.६ ऐठपुर बस्ने वर्ष ४३ को महेश प्रसाद भट्ट र कृष्णपुर न.पा.२ बाणी बस्ने वर्ष ३१ को हेमराज जोशीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ लागूऔषध सेवन तथा बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।