प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०३-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।१७ गते ०७:२० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.१० खमौरा स्थित कर्ण बहादुर मल्लको कच्ची घरको भुसा, पराल राखेको गोठमा आगलागी हुँदा गोठ भित्र रहेका प्लाष्टिकको खाली क्रेट, डिजलका खाली ड्रम, काठ, भुसा, पराल लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.४,६१,६६०।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२६

कैलाली :- जिल्ला कैलाली धनगढी उ.म.न.पा. वडा नं ७ वेलि हनुमान मन्दिर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद रु. ४,६७५।- रुपैया सहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश रानालाई सोमबार दिउँसो प्रहरी चौकी कनरी,कैलालीबाट  खटिएको प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ कञ्चनपुर :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ उद्योग बाणिज्य संघ नजिक स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ८२ मिलिग्राम सहित जिल्ला बैतडी दोगडाकेदार गा.पा. ५ घर भई हाल भिमदत्त न.पा. १८ कोठा गरी बस्ने वर्ष २० को अशोक बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध ब्युरो शाखा महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले सोमबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-२५

कैलाली:-  जिल्ला कैलाली भजनी न.पा. वडा नं ३ सरदार चोक स्थितबाट २ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली जानकी गा.पा. वडा नं ४ कन्चनपुर बस्ने वर्ष २२ को अमित डगौरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।कञ्चनपुर :-  जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. १२ कालागौडी स्थितबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ६५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३ जना किशोरहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. १२ खल्ला सिविर स्थितबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षिया किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।