प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०३-१९

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०३।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.-२ ब्यारेल, ऐ. ३ ट्राफिक चौराह र टीकापुर न.पा.७ सोनफाटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५३,२००।– बराबरको प्याज, सुर्ती, सुपारी, पान मसला, पानको पात, फगलाईट हाउजिङ, कारको वाटर पम्प, कारको, कारको डोर ग्लास, LED बल्ब  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको । 

    कञ्चनपुर:- मिति २०८१।०३।१८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १०बिद्युत कार्यालय नजिक, पुनर्वास न.पा. ६ “ङ” गाउँ र बेलडाँडी गा.पा.३ दुर्गा चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७३,९९०।– बराबरको चिनी, मिश्री, खाने तेल, चप्पल, पेन्ट, थान कपडा, हार्डवेयरका सामान, किरानाका सामान, बच्चाको फराक, बच्चाको हुट, लेडिज गम्छा, चप्पल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८३-०७-२०

    कैलाली:- जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं १ स्थित रहेको ओम कृष्ण अस्पतालको अप्रेसन थ्रेटर रुममा बिद्युतको तार सर्ट हुन बिहिबार बेलुका आगलागी हुँदा अन्दाजी रु.१०,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।     अछाम:- जिल्ला अछाम साँफेबगर न.पा.वडा नं ३ हाँटबजारमा रहेको बैजनाथ फैन्सी स्टोरमा अचानक बिहिबार बेलुका आगलागी हुँदा अन्दाजी रु.७५,०००।- बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२०

     कैलाली:- जिल्ला कैलाली जानकी गा.पा. २ बडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,३०,०००।– बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,४३,७५०।– बराबरको विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामानहरु  बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१९

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ९९,६००।– बराबरको विभिन्न किसिमका पटाका बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ३०,८००।– बराबरको विभिन्न किसिमका पटाका र किराना सामान लगायत बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।