अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.-३ ट्राफिक चौराहा र ऐ. ४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७४,१५०।– बराबरको प्याज, चिनी, बिडी, डाल्डा, रङ, कुर्ती, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०३।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० जिमुवा जाने बाटो र बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५३,१००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ती, कुर्ती, सुटपिस, थान कपडा, धोती, गम्छा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।