प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०३-२२

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा २४ दिन कैद सजाय र रु.१०,०००/- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ४० को ओम बिक्रम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।२१ गते ऐ.३ ट्राफिक चोकबाट पक्राउ गरेको । 


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१५

    कञ्चनपुर:- मिति २०८२।०७।१४ गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.२ क्याम्प स्थित म २ प ३५६४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, बेलौरी न.पा.९ अण्डैया बस्ने बर्ष २४ कोअरुण राना र मोटरसाइकल पछाडी सवार ऐ. भिमदत्त न.पा.१८ सालघारी बस्ने बर्ष २५को शेखर प्रसाद जोशी, ऐ. भिमदत्त न.पा.१५ निम्बुखेडा बस्ने बर्ष २० को ज्ञानु पालीको साथबाट २.२६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                 

जुवातास खेलिरहेको अबस्थामा ७ जना पक्राउ
२०८२-०७-१५

     कैलाली:- मिति २०८२।०७।१५  गते ०१:३० बजेको समयमा जिल्ला कैलाली, मोहन्याल गा.पा.७ पितमारी स्थित जिल्ला दैलेख, ठाँटीकाध गा.पा.१ घर भई हाल मोहन्याल गा.पा.७ पितमारीमा ग्रिन सिटि होटल संञ्चालन गरि बसेको वर्ष ३० को लोकेन्द्र बहादुर शाहीले संचालन गरेको उक्त होटल भित्र खानतलासी गर्दा  जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक लोकेन्द्र बहादुर शाही सहित ७ (सात) जनालाई नगद रु. १,७७,१४५। -(एक लाख सतहत्तर हजार एक सय पैतालिस) र १२ गड्डी तास सहित इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।