प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०३-२३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२२ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,३००।– बराबरको प्याज, चिनी, मिश्री, दाल, सुर्ती, पास्ता, कुर्ता सुरवाल, पानीपुरी, चक्लेट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०३।२२ गते ०५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१०,०००।– बराबरको सुर्ती लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित गोदावरी न.पा.५ बस्ने वर्ष ३१ को टंक राज भट्ट र वर्ष २६ को खगेन्द्र नाथलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ टेडियाबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ७४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोर र लालझाडी गा.पा.१ बिनाबारी बस्ने वर्ष २६ को राम जनम चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी,  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ सेन्टरबाट नियन्त्रित लागूऔषध Tapentadol- ८७ ट्याब्लेट सहित गोदावारी न.पा.१ बस्ने वर्ष २१ को दिक्षित साँउदलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।