प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु, बेपत्ता

२०८१-०३-२४

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।२४ गते ००:५० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ मोती स्थित दिदी जमुना महराको घरमा बस्दै आएकी संगिता धानुकको ७ महिनाको छोरा सोलु धानुकको पलङबाट कोठामा बर्षातको पानी भरिएको ठाँउमा खसी मृत्यु भएको ।

   यसैगरी, मिति २०८१।०३।२४ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुर्नबास न.पा. ५ “ग” गाउँ नयाँकटान स्थित सोही ठाउँ बस्ने बर्ष १५ की लक्ष्मी बोगटी, बर्ष १६ की सिर्जना बोगटी र बर्ष १७ की आरती बोगटी खेल्ने क्रममा पानीमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट प्रहरी र सशस्त्र प्रहरी सहितको संयुक्त टोली खटि गई खोजतलास गर्दा लक्ष्मी बोगटी र सृजना बोगटी १५:०० बजेको समयमा अन्दाजी २०/२५ मिटर तल मृत अवस्थामा फेला पारेको, आरती बोगटीको खोजतलास भईरहेको, हालसम्म लाश फेला नपरेको,  सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२२

   कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ ठेकीपुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७६,६००।– बराबरको पटका, स्विच, सोल्डिङ वायर, TV रिमोट, ब्याट्री चार्जर लगायतका सामानहरु  शनिबार बेलुकी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५७,६१०।– बराबरको मिठाई, सोन पापडी, सारा बत्ति, रङ्गोली लगायतका सामानहरु शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१

  कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।– बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।