प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-२६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२५ गते १७:०० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टीकापुर न.पा.९ खग्रौला स्थित चेक पोष्ट नजिक सडक खण्डबाट पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा जिल्ला बर्दिया, राजापुर न.पा.२ बस्ने वर्ष १९ को किशोर चौधरी र १८ बर्षिय किशोरको साथबाट ९००  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०५

     कैलाली :- मिति २०८२।०९।०४ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मसान टोल स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७५,०००।– ( पचहत्तर हजार ) बराबरको चकलेट, लेहन्गा, उलन सट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर :- मिति २०८२।०९।०४ गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा. वडा नं ५ झिलिमिला स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०३१०।– (दश हजार तीन सय दश) बराबरको उनि तन्ना, सल, सिरक कभर,कफि,लाल सिन्दुर,तुलसी चिया,स्माई ललिपप,सेन्टर फ्रुट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिबादी पक्राउ
२०८२-०९-०५

      कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६४।०१।३१ गतेको फैसलाले कैदी भगाए सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ मटैया बस्ने मनिराम चौधरीलाई इलाका प्रहरी कार्यालय रैकवार,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।           यसैगरी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०१।२६ गतेको फैसलाले लागु औषध खैरो हिरोईन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. ३ पिप्लाडी बस्ने वर्ष २२ को रबिन चौधरीलाई इलाका प्रहरी कार्यालय झलारी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०४

     कैलाली:- मिति २०८२।०९।०३ गते १९:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।–बराबरको प्याज, चिनी, सरप, सुटपिस, सुटपिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८२।०९।०३ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.५ झिलमिलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,८००।–बराबरको सल, सुटपिस, कुर्था सुरवाल, टि-सर्ट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।