प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-२६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२५ गते १७:०० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टीकापुर न.पा.९ खग्रौला स्थित चेक पोष्ट नजिक सडक खण्डबाट पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा जिल्ला बर्दिया, राजापुर न.पा.२ बस्ने वर्ष १९ को किशोर चौधरी र १८ बर्षिय किशोरको साथबाट ९००  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।