प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा ५ जना पक्राउ

२०८१-०३-२६

  • A
  • A-
  • A+
Share

    दार्चुला:- मिति २०८१।०३।२५ गते २२:४५ बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला दार्चुला, महाकाली न.पा. ४ जिपपार्क स्थित बिरेन्द्र वन गेष्ट हाउसमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त गेष्ट हाउसको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा जिल्ला कञ्चनपुर, बेतकोट न.पा ९ बस्ने वर्ष ४० को खडक बहादुर मल्ल, जिल्ला डडेल्धुरा, पर्शुराम न.पा ९ बस्ने वर्ष ३८ को अंगद बोहरा, जिल्ला बैतडी, सुर्नया गा.पा १ बस्ने बर्ष ३८ को दिपक चन्द, जिल्ला दार्चुला,  महाकाली न.पा ४ बस्ने बर्ष ३५ को पुरन राम खत्री र ऐ.बस्ने बर्ष ३५ को प्रेम दत्त जोशी  सहित ५ जना मानिसहरुलाई  नगद रु. १,२२,४७०।- र २ गड्डी तास सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१७

   कैलाली:- मिति २०८२।०९।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ चटकपुर र ऐ.१८ थापाघाट बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,०००।– बराबरको चिनी, सुटपिस, टोपी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८२।०९।१६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.६ भुराकोट र ऐ. १० दर्सिखल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,८७०।– बराबरको सुर्ति, बिस्कुट, मिठाई, बदाम, डस्नाको खोल, सिरकको खोल, मोती माला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर :- मिति २०८२।०९।१६  गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ मलरहिया नालाबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.३०,०००।–बराबरको २ वटा बाख्रा इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-१६

      कैलाली:- मिति २०८२।०९।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा ७ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३६,७५०।–बराबरको चिनी, बिडी, सावुन, सरप, दाल लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०९।१५ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ सब्जिमन्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,२२०।–बराबरको तरकारी, मिठाई लगायतका सामानहरु वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।