प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु

२०८१-०३-२६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२५ गते १०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० जुगेडा कटान बस्ने बर्ष ५० को लाल बाबु राना ऐ. स्थित मोहना नदीमा माछा मार्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटि गइ खोजतलास गर्दा ऐ.२१:४५ बजेको समयमा सोही नदीमा मृत अवस्थामा फेला परेको,  सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

डडेल्धुरा:- मिति २०८१।०३।२६ गते १३:३० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.११ सलेता स्थित सिद्द खोलामा नुहाउने क्रममा सोही ठाउँ बस्ने बर्ष अन्दाजी  १५/१६ की बसन्ती कुमारी बिष्टको डुबी मृत्यु भएको,  सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।