मानिस मृत्यु
२०८१-०३-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।२५ गते १४:४५ बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.५ बस्ने वर्ष अन्दाजी ५०/५१ को सागर वि.क. ऐ. स्थित बाटोमा अचेत अवस्थामा फेला परेकोमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले उपचारको लागि स्थानिय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा ऐ.१५:१५ बजे मृत घोषणा गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।
यसैगरी, मिति २०८१।०३।२५ गते १५:३५ बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. ३ खैरेनि स्थित रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरको माथि नाम, थर, वतन खुल्न नआएको वर्ष अन्दाजी ५५/५६ को पुरूष व्यक्ति अचेत अवस्थामा फेला परेकोमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजको उद्दार गरि उपचारको लागी लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा ऐ.१६:१५ बजे मृत घोषणा गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।