प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८१-०३-२६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२६ गते ११:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ७ हरैया स्थित पुर्वपश्चिम राजमार्गमा पुर्व बाट पश्चिम तर्फ आउँदै गरेको बा ५ ख १४१० नम्बरको बसले विपरित दिशा तर्फ जाँदै गरेको सु.प.प्र. ०१-०११ प ४६५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा पछाडी सवार जिल्ला कैलाली, गोदावरी न.पा.६ बडैया बस्ने बर्ष ३५ को नन्दराम चौधरीको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको, दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक ऐ. ८ बस्ने बर्ष २८ को लेखकराज जोशीको पदमा अस्पतालमा अत्तरिया हुँदै निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको, उक्त बस र बस चालक जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१३ बस्ने बर्ष ३५ को राम शरण घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।