प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-२७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२६ गते २२:३० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.३ चुटकिबजार स्थित भित्रि सडक खण्डबाट पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ बस्ने बर्ष २४ बिशाल राना र ऐ. ८ बस्ने बर्ष २२ को भरत रानाको साथबाट ४७०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ सहित निजहरुलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२४

     कैलाली:-  मिति २०८२।०९।२३ गते १२:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहराबाट सोही ठाउँ बस्ने बर्ष १९ को सुरज चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       कञ्चनपुर:-  मिति २०८२।०९।२३ गते १९:३० बजेको समयमा लागूऔषधको कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.१ रतनपुर स्थित सोही ठाउँ बस्ने बर्ष २२ को गोबिन्द जोशीलाई घर नजिकै लागूऔषध सेवन गरिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी, मिति २०८२।०९।२२ गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० दोदा पोष्ट स्थित बेलौरीबाट धनगढी तर्फ जादै गरेको म १ प २७५१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ उत्तरबेहडी बस्ने बर्ष २१ को बिकाश नेपाली र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० को रबिन शर्माको साथबाट ७ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवैलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                     

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-२४

      कञ्चनपुर:- मिति २०८२।०९।२३ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०४,७१०।–बराबरको बिभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गडड्चौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कैलाली:- मिति २०८२।०९।२३ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.३ शंकरपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०००।–बराबरको बिडी इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।  

फरार प्रतिबादी पक्राउ
२०८२-०९-२३

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.१ जोशिपुर बस्ने बर्ष २५ को रबिन शाह ।२. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.१ जोशिपुर बस्ने बर्ष २५ को छबि भन्ने छत्रराज पाठक । ३. सवारी ज्यान मुद्दामा १९ दिन कैद सजाय र रु.३२,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.५ बस्ने  बर्ष २८ को रुकेश डगौरा ।४. भ्रष्टाचार अन्य मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.७ बस्ने बर्ष ४५ को रामचन्द्र ओझा । ५. ओखेटापहार मुद्दामा १ महिना १९ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली,भजनी न.पा.८ बस्ने बर्ष ३५ को प्रशुराम चौधरी । ६. बन मुद्दामा ५ महिना १९ दिन कैद सजाय र रू.६०,६२४।–  जरीवाना तोकिएको  जिल्ला कैलाली, घोडाघोडी न.पा.४ बस्ने बर्ष ६५ को भैया चौधरी ।        कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२२  गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. बन पैदावर मुद्दामा ६ महिना कैद सजाय र १,०८,६९५।-  जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ ढक्का चादर बस्ने बर्ष ५६ को बिर बहादुर चौधरी । २. गर्भपतन मुद्दामा ११ महिना १६ दिन कैद सजाय तोकिएकी जिल्ला कञ्चनपुर,  भिमदत्त न.पा.१० बस्ने बर्ष ६० की पार्वति देबि नाथ ।  

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२३

    कैलाली:- मिति २०८२।०९।२२ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ लालबोझी स्थित हुलाकी सडक-खण्ड नजिक से १ प ९६९४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ. लम्किचुहा न.पा.६ बागमारा बस्ने बर्ष २५ को मदन बि.क. र सोही ठाउँ बस्ने बर्ष २४ को हेमन्त परीयारको साथबाट ९५०  मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवैलाई प्रहरी चौकी पृथ्बीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                        यसैगरी,  मिति २०८२।०९।२२ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहाबाट ऐ.३ बस्ने बर्ष ३४ को दिपक चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ७१० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको      कञ्चनपुर:-  मिति २०८२।०९।२२ गते १६:०० बजेको समयमा लागूऔषधको कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.२ चवन्नी खल्ला आउट अफ जोन रिसोर्ट नजिकबाट ऐ. खल्ला गाँउ बस्ने १८ वर्षिय किशोरलाई चेकजाँच गर्दा निजको साथबाट २१ ग्राम १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कन्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     यसैगरी,  मिति २०८२।०९।२२ गते १९:३० बजेको समयमा लागूऔषधको कारोबार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ९ सुन्दरपुर स्थित बर्ष ३५ को छङ्गा रानाले संचालन गरेको किराना पसल, निज र सोही ठाउँ बस्ने बर्ष २४ को सनेश रानालाई संकास्पद वसिरहेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट ०.४१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      बैतडी:-  मिति २०८२।०९।२२ गते ०९:५५ बजेको समयमा लागूऔषध ओसारपसार भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला बैतडी, पाटन न.पा.६ पाटन बजार स्थित रहेको SKNS निर्माण सेवा प्रा.ली.बाट सोही ठाउँ बस्ने बर्ष २१ को हेमन्त बिष्ट  समेत ५ जनालाई चेकजाँच गर्दा निजहरुको साथबाट २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु पाँचै जनालाई इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।