प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-२८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०३।२७ गते २०:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ पौलाह स्थित सु.प.प्र ०१-००९ प ५५३३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ बस्ने बर्ष २६ को सुमेर राम राना र वर्ष २४ को प्रदिप रानाको साथबाट २.५८  ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ, मोटरसाइकल थान-१ सहित निजहरुलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित १ जना मानिस पक्राउ
२०८३-०६-२३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,४८,६३२।- बराबरको ११ क्विन्टल २६ किलो तोरी सहित सोही ठाउँ बस्ने वर्ष ४२ को मनोज चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,२००।– बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामानहरु बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।