प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०३-२८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागू औषध मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१ बस्ने बर्ष ५७ को स्यानु पल्टा राना थारुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।२७ गते निजकै घर ठेगाना बाट पक्राउ गरि सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश गरेको । 

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष २२ को देवेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।२७ गते निजकै घर ठेगाना बाट पक्राउ गरेको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१८

   कैलाली:- जिल्ला कैलाली जानकी गाँउपालिका ६ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ७३० मिलिग्राम र १३ ग्राम गाँजा सहित ऐ.ऐ. वडा नं ८ बस्ने वर्ष २४ को भुवन तिमिल्सिनालाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     यसैगरी,जिल्ला कैलाली भजनी न.पा.५ बक्तुरीघाट स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १८ ग्राम ५७० मिलिग्राम सहित जिल्ला कैलाली कैलारी गा.पा. वडा नं ४ हसुलिया बस्ने वर्ष २० को सरोज चौधरीलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    कञ्चनपुर:- जिल्ला कंचनपुर बेलौरी नगरपालिका ०७ टेडिया स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ३३० मिलिग्राम सहित जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं १ सुख्खड बस्ने वर्ष २३ को जिबन पार्कीलाई लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं.११ होल्डिग सेन्टर ७ नम्बर पिल्लर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५.४४ ग्राम सहित कञ्चनपुर भिमदत्त न.पा. वडा नं ६ बस्ने वर्ष ३२ को दिपक भाटलाई  लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र  इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार सु.प.प्र.०२-००३प ४३८५ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०८३-०७-१७

     कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय  र रु.५,०००।–जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ बस्ने वर्ष २० को सलमान खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।       बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय  र रु.१५,६००।– क्षतिपुर्ति तोकिएको जिल्ला बझाङ तलकोट गा.पा. वडा नं १ बस्ने वर्ष २९ को बिजय धमेनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।