प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२८ गते २०:१० बजेको समयमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ राजिपुरबाट गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष ३६ को टेक बहादुर कडारालाई १८०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-११

    कञ्चनपुर:- मिति २०८२।०८।१० गते १८:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ पिपरैया चोकबाट सोही ठाउँ बस्ने बर्ष २६ को सुरज रानालाई चेकजाँच गर्दा निजको साथबाट ८६० मिलिग्राम र ऐ.८ बिछुवा बस्ने बर्ष २२ को समिर बडायकलाई चेकजाँच गर्दा निजको साथबाट २ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

फरार प्रतिबादी पक्राउ
२०८२-०८-११

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.८ बस्ने विजय कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।      डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले जातिय बिभेद भेदभाव मुद्दामा २ महिना १४ दिन कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.४ बस्ने बर्ष ४२ को लाल सिंह भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-११

      कैलाली:-  मिति २०८२।०८।१०  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल र भजनी न.पा.३ कृष्णनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३६,६००।– बराबरको Egg Free cake premix प्याकेट, Chefzone प्याकेट, नमकिन, युरिया मल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०८।१० गते जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.३ देबिस्थान स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१८,०००।–बराबरको माछा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि स्थानिय तथा जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको ।