प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-३०

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०३।२९ गते २१:३० बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ भासी स्थित सोही ठाउँ बस्ने जिवन शर्माको घर कोठामा शंका लागी रितपुर्बक खानतलाशी गर्दा निज सुत्ने कोठाको फ्रिज माथी रहेको प्लाष्टिकको गमलामा लुकाई छिपाई राखेको अवस्थामा ०.२४ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र SPASMO - TAD लेखिएको क्याप्सुल थान ५ समेत फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पादर्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

   यसैगरी, मिति २०८१।०३।२९ गते १६:३० बजेको समयमा इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा. ८ स्थित सोही ठाउँ बस्ने बर्ष ६४ को राई भान ठगुन्नाले संञ्चालन गरेको खुद्रा पसलमा  शंका लागि रितपुर्बक खानतलाशी गर्दा चाउचाउको पेटी भित्र लुकाई छिपाई राखेको अवस्थामा ४३.१३ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ  सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

  यसैगरी, मिति २०८१।०३।२९ गते १७:०० बजेको समयमा इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा. ८ मणिकाधामबाट सोही ठाउँ बस्ने बर्ष २२ को करन जप्रेललाई शंका लागि चेकजाँच गर्दा ५.१८ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

  कैलाली:- मिति २०८१।०३।२९ गते १८:४५ बजेको प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.३ कुसमघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा टिकापुर न.पा.१ ब्लक नम्बर १३ बस्ने बर्ष २४ को बिकास सेरचनलाई शंका लागि चेकजाँच गर्दा ९३० मिलिग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-१७

    कैलाली:- मिति २०८२।१०।१६ गते २२:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट सोही ठाउँ बस्ने ३२ को राज कुमार राना र १७ बर्षिय किशोरलाई चेकजाँच गर्दा निजहरुको साथबाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         कञ्चनपुर:-  मिति २०८२।१०।१६ गते १५:३० बजेको समयमा लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुर बस्ने बर्ष २५ को प्रभुराज हमालको घर कोठा खानतलासी गर्दा निजले घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, PREGA75 क्याप्सुल थान २० र ANTIKOF ट्याब्लेट थान २९ प्रतिवन्धित लागूऔषध  समेत फेला पारी उक्त लागूऔषध सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ
२०८२-१०-१६

    अछाम:- मिति २०८२।१०। १५ गते १६:५० बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी जिल्ला पर्सा, पकाहा मैनपुर गा.पा. ५ बस्ने बर्ष ३१ को उमेश रायले जिल्ला अछाम, साँफेबगर न.पा.५ नौंठाना बस्ने बर्ष ४० की सत्यदेवी कुँवरको घाटीमा लगाएको १२.१७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा निज उमेश रायलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित १० जना मानिस नियन्त्रणमा
२०८२-१०-१६

     कञ्चनपुर:-  मिति २०८२।१०।१५  गते २१:०० बजेको समयमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१३ बडैपुर स्थित खर प्लाष्टिक र काठबाट बनेको खाली झुपडीबाट सोही ठाउँ बस्ने बर्ष २४ को प्रदिप लुहार समेत १० जनालाई उक्त झुपडीको कोठा भित्र बसी लागूऔषध सेवन तथा कारोबार गरि रहेको अवस्थामा फेला पारि निजहरुको शरिर तथा झुपडी खानतलासी गर्दा ११.३७ (एघार दशमलव सैतिस) ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ५ वटा प्रतिवन्धित क्याप्सुल र लागूऔषधमा प्रयोग हुने अन्य सामानहरु सहित फेला पारी उक्त लागूऔषध र सामानहरु सहित निजहरु दश जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।