प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-३०

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०३।२९ गते २१:३० बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ भासी स्थित सोही ठाउँ बस्ने जिवन शर्माको घर कोठामा शंका लागी रितपुर्बक खानतलाशी गर्दा निज सुत्ने कोठाको फ्रिज माथी रहेको प्लाष्टिकको गमलामा लुकाई छिपाई राखेको अवस्थामा ०.२४ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र SPASMO - TAD लेखिएको क्याप्सुल थान ५ समेत फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पादर्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

   यसैगरी, मिति २०८१।०३।२९ गते १६:३० बजेको समयमा इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा. ८ स्थित सोही ठाउँ बस्ने बर्ष ६४ को राई भान ठगुन्नाले संञ्चालन गरेको खुद्रा पसलमा  शंका लागि रितपुर्बक खानतलाशी गर्दा चाउचाउको पेटी भित्र लुकाई छिपाई राखेको अवस्थामा ४३.१३ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ  सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

  यसैगरी, मिति २०८१।०३।२९ गते १७:०० बजेको समयमा इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा. ८ मणिकाधामबाट सोही ठाउँ बस्ने बर्ष २२ को करन जप्रेललाई शंका लागि चेकजाँच गर्दा ५.१८ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

  कैलाली:- मिति २०८१।०३।२९ गते १८:४५ बजेको प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.३ कुसमघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा टिकापुर न.पा.१ ब्लक नम्बर १३ बस्ने बर्ष २४ को बिकास सेरचनलाई शंका लागि चेकजाँच गर्दा ९३० मिलिग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-०४

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु जोशीपुर गा.पा.४ खर्चवा स्थित हसनापुर र कैलारी गा.पा.५ गोबरेला घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,४७,८३०।– बराबरको चिनी, बिडी, सुर्ति, प्लाष्टिक चम्मच, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.११ गड्डाचौकी र शुक्लाफाटा न.पा.११ कलुवापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१०,४००।– बराबरको चिनी, मिश्री, दाल, प्लाष्टिक झिल्ली, किराना लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-०३

     कैलाली:- जिल्ला कैलाली लम्की चुहा न.पा.३ चिसापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २०० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.१ बसपार्क बस्ने बर्ष २९ को राजेश खत्री र बर्ष २७ को ललित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरीले होटलमा वसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।        यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.४  बलिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २२ को धिरज चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         यसैगरी, जिल्ला कैलाली जोशिपुर गा.पा.१ लकडमन्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८८० मिलिग्राम सहित सोही गा.पा.२ वस्ने बर्ष २८ को अम्मरदिप डगौरालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।