बन्चरो प्रहार गरि आमाको हत्या आरोपमा १ जना पक्राउ
२०७९-१०-१७
- A
- A-
- A+
मिति २०७९।१०।१६ गतेको राती अन्दाजी २३:४५ बजेको समयमा जिल्ला कैलाली लम्कीचुहा न.पा ६ बगमारा बस्ने बिषराम थारुको छोरा बर्ष ४० को श्रीराम थारुले आफनै आमा बर्ष ७१ की लगनी थरुनीलाइ बन्चरो प्रहार गरी घाइते बनाइ घाइतेलाइ उपचारको लागी नवजिवन अस्पताल धनगढी लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर निजको जेठो छोरा रामलाल थारुले ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा जानकारी गराउना साथ मातहत प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटिई निज श्रीराम थारुलाई ऐ.स्थित घर देखि अ.१००/१५० मिटर टाढा देउराली सामुदायिक वनमा फेला पारी नियन्त्रण लिएको । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।