प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८२-०५-१३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०५।१२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.४ रामजानकी मन्दिर नजिक सोही गा.पा.७ मक्री बस्ने बर्ष ३६ को तुल्सीराम चौधरीले चलाएको सु.सु.प.प्र.०१-००१ क २७८६ नम्बरको रेन्बो एकेडेमी स्कुलको बसले ऐ.जोशीपुर गा.पा.५ बनकट्टा बस्ने बर्ष २३ को सागर डगौराले चलाएको सु.प.प्र.०१-००८ प ५६२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाईते भई उपचारको लागि सेवा नर्सिङ होम नेपालगंज, बाँके लगिएकोमा ऐ. १९;५५ बजेको समयमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने वर्ष १४ को अनिल चौधरी घाइते भई टिकापुर अस्पताल टिकापुरमा उपचार भइरहेको,  बस र बस चालक इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीको नियन्त्रणमा रहेको,  सो सम्बन्धमा अनुसन्धान भईरहेको  ।         

   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।