प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध चरेस सहित ४ जना पक्राउ

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

मिति २०७९/१०/१७ गतेको दिउसो अन्दाजी १२:०० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जि.दार्चुला नौगाड गा.पा.२ स्थायी वतन भई हाल जिल्ला कैलाली,धनगढी उ.म.न.पा.३ चटकपुर स्थित गौरी शंकर अल्लो कपडा उद्योगका संचालक बर्ष ३४ को नरेन्द्र सिंह धामी समेत ४ जना मानिसलाई ११ के.जी.९०० ग्राम ला.औ.(चरेस)सहितनियन्त्रणमा लिएको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।