प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-०२

  • A
  • A-
  • A+
Share

   कैलाली:-  जिल्ला कैलाली बर्दगोरिया गा.पा.०१ टिनबजारमा ३१० मिलिग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली भजनी न.पा. वडा नं. ०६ बस्ने बर्ष २२ को अभिषेक चौधरी र ऐ.ऐ. बस्ने बर्ष २१ को श्रवण कुमार चौधरीलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर,बौनिया कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।