प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-१७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०४।१६ गते २०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ जोखर तालबाट ऐ.ऐ. बस्ने बर्ष २५ को अर्जुन चौधरिलाई १००  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-२८

    कैलाली:- मिति २०८२।०९।२७ गते १८:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर व्यारेल नजिकबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ बस्ने बर्ष २८ को हरिश विष्टलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २७ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, २२८ ट्यावलेट स्पास र २० ट्यावलेट नाईट्राभ्याट फेला पारी उक्त लागूऔषध सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी, मिति २०८२।०९।२७  गते १७:५५ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ लठैया स्थित सोही ठाउँ बस्ने बर्ष ४६ को नन्दलाल उपाध्यायले संचालन गरेको खुद्रा भित्र खानतलासी गर्दा ६८२ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।०९।२७  गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ रामनगर स्थित जिल्ला बझाङ, केदारस्यु गा.पा.७ बस्ने बर्ष ४५ को जनक बहादुर धामीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ के.जी. ५६५ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ, तौल गर्ने तराजु थान-१ र नगद रु. १०,०००।-  फेला पारी उक्त पदार्थ, तराजु र नगद सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        कञ्चनपुर:- मिति २०८२।०९।२७ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० जर्सिखल्ला स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको से २ प ९००३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ. बेदकोट न.पा. ६ घोड्सुवा बस्ने बर्ष ३१ को सन्तोष बिष्ट र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ३४ को सागर साँउदको साथबाट ६ ग्राम २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                      

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-२८

    कञ्चनपुर:- मिति २०८२।०९।२७ गते १३:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले संचालन गरेको ए.जी. मोवाइल कियर सेन्टरमा अवैध भन्सार छलिको समान छ भन्ने गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा उक्त पसलबाट अन्दाजी मूल्य रु.४,३९,८००।–बराबरको मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको  ।       यसैगरी, मिति २०८२।०९।२७ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,०००।–बराबरको माछा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रकिया पुरा गरि स्थानिय जन प्रतिनिधिको रोहभरमा नष्ट गरेको । 

ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यू
२०८२-०९-२७

    डडेल्धुरा:- मिति २०८२।०९।२६ गते १८:३० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.९ कुयापानी स्थित जोगबुढा दैजि सडक खण्डमा जोगबुढाबाट गाईबाधे तर्फ गइरहेको से २ त १४७४ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१२ पन्तुरा बस्ने बर्ष २७ को नबिन साउद र मोटरसाइकल पछाडी सवार सोही बस्ने बर्ष ३५ को मान जाग्री गम्भिर घाईते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेको,  ट्याक्टर चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.९ सतघाट बस्ने बर्ष ३२ को शुरेस भट्ट फरार रहेकोले खोजतलास भईरहेको छ ।