प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-२७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०४।२६ गते १३:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा बजारबाट ऐ. धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष २६ को अनिल रानालाई २०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

    कञ्चनपुर:- मिति २०८१।०४।२६ गते १७:०० बजेको समयमा इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ चौराहबाट ऐ. ७ बस्ने बर्ष २० को जितेन्द्र बोहरा समेत दुई जनालाई ०.९३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

   यसैगरी, मिति २०८१।०४।२६ गते २१:०५ बजेको समयमा लागू औषध कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.७ हल्दुखालबाट सोही ठाउँ बस्ने बर्ष २० को कौसल महराको साथबाट ०.६७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको, साथै निजकै साथमा रहेका बर्ष २५ को सौरभ सिँह र बर्ष २४ को मनोज सिँहलाई समेत नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०६

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडा बिच्छुवा स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ९२३ मिलिग्राम सहित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० घुईयाघाट बस्ने वर्ष २४ को सागर चौधरी र वर्ष २३ को विना नन्द रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको से ७ प १४१६ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कञ्चनपुर भीमदत्त न.पा.१० गज्जर स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १५ ग्राम ६७० मिलिग्राम सहित सोही न.पा.६ ऐठपुर बस्ने वर्ष ४३ को महेश प्रसाद भट्ट र कृष्णपुर न.पा.२ बाणी बस्ने वर्ष ३१ को हेमराज जोशीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार साँझ लागूऔषध सेवन तथा बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०६

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६०,३००।– बराबरको सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,०५,६४०।– बराबरको खेलौना, भाँडा वर्तन, विभिन्न किसिमका कपडा, कस्मेटिक, किराना लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०५

    कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.८ भोक्सीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८८० मिलिग्राम सहित जोशीपुर गा.पा.३ बस्ने वर्ष ४८ को प्रमेश्वर डगौरा थारूलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ४६० मिलिग्राम सहित सोही उ.म.न.पा.१ बसन्त टोल बस्ने वर्ष २१ को असिम चौधरी समेत ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     कञ्चनपुरः-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३४ को रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।