अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।२७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा र दिप टोल, गोदावरी न.पा.५ गेटा र टीकापुर न.पा.९ ठोसे बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७३,५१०।– बराबरको चिनी, प्याज, दाल, सरप, सुर्ती, बिडी, नरिवल, काजु, पानिपुरी, सुपारी, तास, गाडीको लाईट, साईकलको ट्युव, कुर्ती, साडी, सुटपिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।०२७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ भासी, ऐ.१२ पक्किपुल, ऐ.१७ मझगाँउ, दोधरा चाँदनी न.पा.७ कञ्चभोज र पुनर्वास न.पा.८ खडडाकंकडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,०६,०९२।– बराबरको चिनी, खाने सोडा, पेय पदार्थ, कस्मेटिक सामान, साडी, धोती, मिठाई, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।