प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०४-२९

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना १९ दिन कैद सजाय र रू. ११,५००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ बस्ने २६ को हृदय शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०४।२८ गते निजकै घर ठेगाना बाट पक्राउ गरेको । 

   डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०४।२८ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. अभद्र ब्यवहार मुद्दामा ३ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.५ बस्ने बर्ष ४२ को तिर्थ भण्डारी ।

२. जुवा मुद्दामा रु.५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.२ बस्ने बर्ष ४१ को तेज बहादुर ऐर ।

३. जुवा मुद्दामा रु.५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ बस्ने बर्ष बर्ष ३९ को पुर्ण दमाई ।

४. जुवा मुद्दामा रु.५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१२ बस्ने बर्ष ३५ को नरेन्द्र बहादुर थापा ।

५. जुवा मुद्दामा रु.३,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.४ बस्ने बर्ष ४४ को टेक बहादुर बोहरा ।

६. जुवा मुद्दामा रु.५,०००।– जरिवाना तोकिएको जिल्ला दाङ, तुल्सीपुर उ.म.न.पा. ७ बस्ने बर्ष ४० को रोमहर्ष भण्डारी ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान सहित ९ जना मानिस पक्राउ
२०८३-०५-२४

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,०००।– बराबरको चिनी, दाल, खाने तेल, सोनपापडी, किराना लगायतका सामान सहित बेदकोट न.पा.१० बस्ने वर्ष ३२ की ज्योती डगौरा, वर्ष २४ की सोनु डगौरा, बर्ष २० की नेहा चौधरी, भिमदत्त न.पा.२ बस्ने वर्ष ३५ की तारा कुँवर, वर्ष ४० की भावना चन्द, ऐ.८ बस्ने वर्ष ३५ की लक्ष्मी नेपाली, ऐ.१९ बस्ने वर्ष २४ की पशुपती धामी, वर्ष ४० की बिमला चन्द र वर्ष ३५ की मिना धामी समेत ९ जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गडडाचौकी, कञ्चनपुर पठाइएको छ ।             कैलाली:- कैलाली जिल्लाको भजनी न.पा.५ मिलनपुर र हलौनाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५५,०००।– बराबरको सुटपिस, लसुन, धनियाँ लगायतका सामानहरु मंगलबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२४

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २३ को शिब्जु रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       दार्चुला:-  जिल्ला दार्चुला महकाली न.पा.४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ५ ग्राम सहित सोही न.पा.२ पनौडा घर भई हाल ऐ.४ बाङ्गाबगड बस्ने १८ वर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

फरार प्रतिबादी पक्राउ
२०८३-०५-२३

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०५।२२ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।१.      ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सजाय र रु. २०,०००।– ( बिस हजार ) जरिवाना तोकिएको धनगढी उप-महानगरपालिका ८ बस्ने वर्ष ३८ को नन्दलाल राना थारु ।२.      अंगभंग मुद्दामा ३ महिना कैद सजाय तोकिएको गोदावरी न.पा.१ बस्ने वर्ष ३० को नबिन बिष्ट ।     यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना २० दिन कैद सजाय र रु. १,४०,०००।- (एक लाख चालिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.१२ बस्ने वर्ष ३९ को पदम बहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति कञ्चनपुरको वडा एरियामा फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीमा वुझाएको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२२

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४७,०२०।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,७८५।– बराबरको बिडी, सुर्ति, मिठई, दाल, नरिवल, बिस्कुट, फलफुल, तरकारी लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।