प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०४-२९

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना १९ दिन कैद सजाय र रू. ११,५००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ बस्ने २६ को हृदय शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०४।२८ गते निजकै घर ठेगाना बाट पक्राउ गरेको । 

   डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०४।२८ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. अभद्र ब्यवहार मुद्दामा ३ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.५ बस्ने बर्ष ४२ को तिर्थ भण्डारी ।

२. जुवा मुद्दामा रु.५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.२ बस्ने बर्ष ४१ को तेज बहादुर ऐर ।

३. जुवा मुद्दामा रु.५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ बस्ने बर्ष बर्ष ३९ को पुर्ण दमाई ।

४. जुवा मुद्दामा रु.५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१२ बस्ने बर्ष ३५ को नरेन्द्र बहादुर थापा ।

५. जुवा मुद्दामा रु.३,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.४ बस्ने बर्ष ४४ को टेक बहादुर बोहरा ।

६. जुवा मुद्दामा रु.५,०००।– जरिवाना तोकिएको जिल्ला दाङ, तुल्सीपुर उ.म.न.पा. ७ बस्ने बर्ष ४० को रोमहर्ष भण्डारी ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।