प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-३०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०४।२९ गते २०:०० बजेको समयमा  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ बाट सोही ठाउँ बस्ने ३० को सन्तोष चौधरीलाई ७२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ, ५ ट्याबलेट नाईट्रोभेट र ९ वटा स्पास क्याप्सुल सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०१

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चानदेव खोल्टीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १९ ग्राम ६८० मिलिग्राम सहित भिमदत्त न.पा.१८ बस्ने वर्ष २५ को नरेन्द्र डगौरा र वर्ष २५ को डेभिट चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर लालझाडी गा.पा. ६ चानदेव बेलडाँडी सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ६८० मिलिग्राम सहित कृष्णपुर न.पा.२ बंक बस्ने वर्ष २६ को दिपक कठायत र वर्ष २३ को दिपश्री पाललाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।        कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ सरदार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९२० मिलिग्राम सहित लम्कीचुहा न.पा.५ बस्ने वर्ष ३२ को प्रकाश शाहीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी जनकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।