प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०५-०५

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०५।०४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

1. लागू औषध मुद्दामा २९ दिन  कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २६ को विजय कुमार नेपाली ।

2. लागू औषध मुद्दामा २५ दिन  कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २३ को सुरविर डगौरा ।

3. लागू औषध मुद्दामा २५ दिन  कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २८ को प्रज्वल न्यौपाने ।

4. चोरी मुद्दामा २५ दिन  कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २१ राज सिहं ।

बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बैतडी जिल्ला अदालतको मिति २०८०।०४।२८ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय र रू. ५,०००।- जरीवाना तोकिएको जिल्ला बैतडी, मेलौली न.पा.१ बस्ने बर्ष ४३ को जनार्दन नेगीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।०४ गते ऐ. दशरथचन्द न.पा.०४ गोठलापानी बजारबाट पक्राउ गरेको

सम्बन्धित समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।