प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०५-०५

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०५।०४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

1. लागू औषध मुद्दामा २९ दिन  कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २६ को विजय कुमार नेपाली ।

2. लागू औषध मुद्दामा २५ दिन  कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २३ को सुरविर डगौरा ।

3. लागू औषध मुद्दामा २५ दिन  कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २८ को प्रज्वल न्यौपाने ।

4. चोरी मुद्दामा २५ दिन  कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २१ राज सिहं ।

बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बैतडी जिल्ला अदालतको मिति २०८०।०४।२८ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय र रू. ५,०००।- जरीवाना तोकिएको जिल्ला बैतडी, मेलौली न.पा.१ बस्ने बर्ष ४३ को जनार्दन नेगीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।०४ गते ऐ. दशरथचन्द न.पा.०४ गोठलापानी बजारबाट पक्राउ गरेको

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-२१

     कैलाली:-  जिल्ला बझाङ केदारस्युँ गा.पा.घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ LN चोक स्थित बर्ष ३२ की कुसला शाहीले सञ्चालन गरेको पदम सपिंङ कम्प्लेक्स भित्र रहेको समता क्याफेबाट २० ग्राम ६६० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले निजले सञ्चालन गरेको पसलमा शंका लागि खानतलासी गर्दा काउन्टर भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको हो ।      यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ बेलीबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ बर्षिय र १७ बर्षिय किशोर रहेका छन ।  प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१४ प ३१६३  नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-२०

      कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५४० मिलिग्राम सहित सोही न.पा.१ बस्ने बर्ष २८ को काशी राम आउजीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ ट्राफिक चौराहाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७४० मिलिग्राम सहित गोदावरी न.पा.२ बस्ने बर्ष २२ को अमित सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।