अवैध भरूवा बन्दुक सहित मानिस पक्राउ
२०७९-१०-२०
- A
- A-
- A+
अबैंध भरुवा बन्दुक थान-१ सहित जि.कैलाली चुरे गा.पा.४ पनेरूवा शिबिर बस्ने बर्ष ४८ को जब्बर रोक्कामगरलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले बिहीबार दिउसो निजको घर नजिकैको हल्दुको रूखको टोडकामा लुकाई छिपाई राखेको अवस्थामा भरूवा बन्दुक सहित निजलाई पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।