प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध (चरेश) सहित मानिस पक्राउ

२०८१-०५-०७

  • A
  • A-
  • A+
Share

    बझाङ:- मिति २०८१।०५।०७ गते १२:४० बजेको समयमा जिल्ला बझाङ, बित्थडचिर गा.पा.३ दुधढल्ला स्थित जयपृथ्बी राजमार्गमा बागथलाबाट धनगढी तर्फ जादै गरेको ऐ. बुंगल न.पा.२ दहबगर पौटा बस्ने बर्ष २९ को दिपक धामीले चलाएको सु.प.प्र. ०१-००१ च ३९३३ नम्बरको जीपलाई प्रहरी चौकी स्याडी, बझाङबाट खटिएको प्रहरी टोलीले ईन्ट्री पोष्टमा चेकजाँच गर्दा ४ किलो ८४५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ, जीप, चालक र ऐ.बस्ने बर्ष ४५ को आईते धामी (सवारी धनी) समेत नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०७-१७

     कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय  र रु.५,०००।–जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ बस्ने वर्ष २० को सलमान खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।       बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय  र रु.१५,६००।– क्षतिपुर्ति तोकिएको जिल्ला बझाङ तलकोट गा.पा. वडा नं १ बस्ने वर्ष २९ को बिजय धमेनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-१६

    यसैगरी, कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,२१,५९०।– बराबरको विभिन्न किसिमका कपडा, कस्मेटिक,पटाका र किराना लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२३,३००।–( एकलाख तेईस हजार तिनसय) बराबरको बिडी, डिउ र किराना पसलका सामान लगायत आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।