प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०५-२०

  • A
  • A-
  • A+
Share

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले लागू औषध मुद्दामा २१ दिन कैद सजाय र रू.२०,००।- जरिवाना तोकिएको जिल्ला कैलालीधनगढी उ.म.न.पा.३ बस्ने बर्ष २४ को सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।१९ गते सोही ठाउँ स्थित रिङरोडबाट पक्राउ गरेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०४

     कैलाली:- मिति २०८२।१०।०३ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ एकतानगर बस्ने बर्ष २३ को नरेश परियार र ऐ. ब्लक नम्वर ६ बस्ने बर्ष ३० को गिर्जा बजगाईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी, मिति २०८२।१०।०३ गते २३:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० बनकट्टी घाटबाट सोही ठाउँ वस्ने बर्ष २० को मुनिस राना र बर्ष २० को अविशेक रानालाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      कञ्चनपुर:-  मिति २०८२।१०।०३  गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट ऐ. ८ बस्ने बर्ष २० को अमित खत्री र ऐ. ७ बस्ने १८ वर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।