प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री रमेश लेखकबाट नवनिर्मित भवनहरू उद्‍घाटन

२०८१-०५-२०

  • A
  • A-
  • A+
Share

कैलाली, २० भदौ

गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेश तथा क्वाटर गार्डको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुको साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै नवर्निमित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । शान्ति सुव्यवस्था कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीको कामकारवाही जनमुखी, पारदर्शी, पक्षपात रहित र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै समयसापेक्ष परिवर्तित समाजको गति र आम नागरिकको चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी र सेवामुखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको बताउनुभयो । नवनिर्मित भवनले प्रहरी कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ र सहज कार्यमैत्री वातावरण निर्माण हुने अपेक्षा रहेको बताउँदै व्यवस्थित र सुविधा सम्पन्न भौतिक संरचनाबाट प्रवाहित सेवा थप गुणस्तरीय, नागरिकमैत्री एवम् प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. चिरन्जिवी महत्तोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड ४० लाख ८ हजार २ सय ३२ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर र मायामेट्रो हस्पिटल प्रालि धनगढी कैलालीका निर्देशक डा. मोहन साउँदबीच सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत रहेका बहालवाला प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी र आश्रित परिवार तथा वीरगती प्राप्त प्रहरीका आश्रित परिवारको औषधि उपचारमा २५% छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भिम बहादुर भण्डारी, विपद व्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोख्रेल, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव डा. हरी प्रसाद लम्साल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीविहरू, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यसैगरी गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको हाताभित्र नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प धनगढीको भवन तथा पूर्वाधारहरूको समेत बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको अवलोकन समेत गर्नुभयो ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-२९

  कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५२,०००।– बराबरको विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु बुधबार राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।     कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८९,४००।– बराबरको चिनी, मिश्री, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       बैतडी:- जिल्ला बैतडी पञ्चेश्वर गा.पा.४ तिमलेखाली स्थित बिनायक जंगलबाट गोप्य सुचनाको आधारमा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१७,७१०।– बराबरको चिनी, खाने तेल, मिठाई, ध्वजा/नेजा, नरिवल, जिरा, सुर्ति, नटबोल्ड, पेन्ट, पास्ता लगायतका सामानहरु बुधबार दिउँसो इलाका प्रहरी कार्यालय तस्वदेही र प्रहरी चौकी हल्दुविनायक, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२९

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.४ साहरा ईटा भट्टा नजिकै भारतबाट नेपाल तर्फ लागूऔषध ओसार पसार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम १५० मिलिग्राम सहित जिल्ला कैलाली गोदावरी न.पा.६ लालपुर बस्ने वर्ष २८ को राजेश कोली, वर्ष २२ को सुरेश कोली, भारत लखिपुर खिरी बसई बस्ने वर्ष ३० को राम पुकारलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो यू.पी. ३१ सी.पी.६९७८ नम्बरको भारतिय मोटरसाइकल  र सु.प.प्र.०१-०१३ प ६७६३ मोटरसाइकलमा सवार निजहरु तिनै जनालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ बसपार्कबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ९०० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.१० बस्ने १८ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-२८

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,६००।– बराबरको चिनी, बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु मंगलबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,५०,०००।– बराबरका कुखुराका चल्लाहरू मंगलबार राति इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२८

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा.४ बसपार्कबाट लागूऔषध सेवन गरि रहेका छन भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ६० मिलिग्राम सहित जिल्ला बाजुरा खप्तडछेडेदह गा.पा.७ बस्ने वर्ष १९ को रोहित नेपाली समेत २ जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।      कैलाली:- जिल्ला कैलाली धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय पंकज बाल्मिकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी, टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।