प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बृद्वको हत्या गरी फरार रहेका ब्याक्ति पक्राउ

२०८१-०५-२४

  • A
  • A-
  • A+
Share

    डोटी:- मिति २०८१।०५।२० गते १०:३० बजेको समयमा जिल्ला डोटी, दिपायल सिलगढी न.पा. ६ सिलगढी बस्ने बर्ष अन्दाजी ७४/७५ को कालु सिंह बिष्ट बिगत ३ दिन पहिला देखि हराएको हुँदा खोज तलास गरि पाउँ भनि निजका आफन्तले जिल्ला प्रहरी कार्यालय डोटीमा निवेदन दिएको हुँदा खोजतलास गर्ने क्रममा निजको घरमा ताल्चा लगाएको अवस्थामा तल्चा फोडी घरभित्र हेर्दा शंकास्पद मृत अवस्थामा फेला परेको हुँदा घटना सम्बन्धमा अनुसन्धान टोली गठन भई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा जिल्ला डोटी, सिलगढी न.पा. ६ सिलगढी बस्ने अन्दाजी बर्ष २१/२२ को सरोकार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०८-०६

१. नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र रु.९,३४६।- जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.६ बस्ने बर्ष २६ को दिनेश परियार ।२. लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकीएको जिल्ला कञ्चपुर, पुर्नबास न.पा.११ डोकेबजार बस्ने बर्ष ४२ को विक्रम सुवाललाई धनगढी उ.म.न.पा.३ त्रीनगर एरियाबाट पक्राउ गरेको ।    डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बसोवास आवादि भएको मुद्दामा १ बर्ष कैद सजाय र रु.२५,८८,०५५।- जरीवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ७ पोखरा बस्ने बर्ष ५१ को यज्ञराज भट्टराईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०५ गते जिल्ला कैलाली, गोदावरी न.पा.३ बाट पक्राउ गरेको । 

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-०६

      कैलाली:-  मिति २०८१।०८।०५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलन चोक, ऐ.३ ट्राफिक चौहारा, ऐ. ४ उत्तरबेहडी, ऐ. ९ त्रीवेणीघाट, टीकापुर न.पा.१ मनुवा र जोशीपुर गा.पा.१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२०,६१०।– बराबरको प्याज, चिनी, मिश्री, मिठाई, चक्लेट, केराउ, सरप, चप्पल, सल, अण्डरवेयर, टाउजर, ज्याकेट, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८१।०८।०५ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,०००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी जनप्रतिनिधि, स्थानियहरुको रहोभरमा नष्ट गरेको ।

भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ
२०८१-०८-०५

     कञ्चनपुर :- मिति २०८१।०८।०५ गते ०१:३० बजेको समयमा इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्ला, कञ्चनपुरबाट संयुक्त खटिगएको गस्ति टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ कालीगाडा खोलाबाट हतियार धारी अन्दाजी १० जनाको समुह गस्ती टोलीलाई देखी भाग्ने क्रममा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ टुडिखेल बस्ने वर्ष ५३ को गगन तरामी र वर्ष ५५ को प्रेम बहादुर धामीलाई २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी थान-२  समेत फेला परेकोमा बरामद उल्लेखित हातहतियार सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 

डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाईते
२०८१-०८-०५

       डडेल्धुरा:-  मिति २०८१।०८।०४ गते १५:५० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा. ९ नौला स्थित दैजि जोगबुढा सडक खण्डमा पर्शुराम यातायातको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार चालक सहित १४ जना मध्ये जिल्ला डडेल्धुरा, पर्शुराम न.पा. ११ सलेता बस्ने बर्ष ४० की मोति देवी सार्की र ऐ. आलिताल गा.पा. ७ थली बस्ने बर्ष ३८ की धना देवी बुढाको घटनास्थलमै मृत्यु भएको, जिल्ला डडेल्धुरा, पर्शुराम न.पा. ११ सलेता बस्ने बर्ष २८ की पुष्पा भट्ट, निजकै छोरा बर्ष ८ को अनुपम भट्ट, बर्ष ४ को कृष्ण भट्ट, ऐ. बस्ने बर्ष ५० की पार्वती धामी, ऐ. बस्ने बर्ष ३० को डम्बर धामी  ऐ. बस्ने बर्ष १९ को खेम राज भट्ट, ऐ. बस्ने बर्ष ४३ को अम्मर बहादुर सार्की, निजकै नाति बर्ष ६ को रमित सार्की, ऐ. बस्ने बर्ष ४४ की जानकी महरा र निजकै छोरी बर्ष १३ की प्रतिभा महराको समेत १० जनाको कैलाली तथा कञ्चनपुर स्थित बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको र जिप चालक जिल्ला डडेल्धुरा, पर्शुराम न.पा. ११ एक्लेगडा बस्ने बर्ष २१ को भुपाल कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।  

फरार प्रतिवादी पक्राउ
२०८१-०८-०५

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ४ महिना कैद सजाय र रु.७,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष २५ को नरेश चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको मिति २०८०।११।२९ गतेको फैसलाले जुवा मुद्दामा जनही रु.७,०००।– (सात हजार) जरीवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०८।०४ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. अमरगढी न.पा. ८ बस्ने बर्ष ३६ को राजेन्द्र प्रसाद ओझा ।२. जिल्ला दार्चुला, दुहु गा.पा. १ बस्ने बर्ष ४० को बिरेन्द्र सिंह बडाल ।