प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

कैलाली- जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. २ र ३ सिमानाका स्थित बिभिन्न स्थानहरुबाट शनिबार प्रहरीले अन्दाजी रु ६५,०००।– बराबरको अबैंध भन्सार छलीका सामानहरु बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली,प्रहरी चौकी त्रिनगर र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले चिनी,सुर्ति,गुट्का,प्लाष्टिक,कपडा,तरकारी लगायत सामानहरु खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छलि गरी ल्याएको बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । उक्त सामानहरु आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालयमा पठाईएको छ ।

 कञ्चनपुर- यसैगरि शनिबार दिउसो ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,भिनदत्त न.पा.१० भुजेला पुल स्थित भन्सार छलि गरी भारतबाट नेपाल ल्याएको अ.रु.३१,२४०।- बराबरको चिनी,दाल,खुर्सानी,गुड, पास्ता,बिष्कुट,मिश्री, मुखफली र तानसेन सुर्ती वेवारिसे अवस्थामा फेला पारी बरामद गरी कारबाहीको लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।