प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१०।२१ गते कैलालीको बिभिन्न स्थानहरुबाट लागु औषध  ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली,ईलाका प्रहरी कार्यालय भजनी,प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले ध.उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष २३ को सन्तोष रानालाई शंका लागि चेकजाच गर्दा निजको साथबाट १ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर, ऐ. ९ बस्ने बङग्राकटान  स्थित धनगढी उ.म.न.पा.१० बस्ने बर्ष ५० को राम नारायण रानाको साथबाट ४५० मिलिग्राम ब्राउनसुगर,ऐ.२ राम जानकी टोलबाट जि.डोटी आदर्श गा.पा.२ घर भई हाल ध.उ.म.न.पा.२ रामजानकी टोलमा डेरा गरी बस्ने बर्ष १९ की आयुसा उपाध्याय र ऐ.३ मिलन चोक बस्ने बर्ष १५ की करिस्मा छेदालको साथबाट ६९० मिलि ग्राम (पलाष्टिक सहित) ला.औ.ब्राउन सुगर फेला पारेको,भजनी न.पा.३ कुसुमघाट स्थित टिकापुर न.पा.८ बटमपुर बस्ने बर्ष २५ को आकाश चौधरीले चलाएको से.५ प २०८९ नं.को मो.सा.चेकजाँच गर्ने क्रममा सोही मो.सा.पछाडी सवार ऐ.७ दिव्यपुर बस्ने बर्ष २९ कि सिवास्नी चौधरीको साथबाट ३०.५७ ग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी प्रहरी टोलीले पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।