प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१०।२२ गते आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली,ईलाका प्रहरी कार्यालय हसुलिया,प्रहरी चौकी त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले कैलालीका बिभिन्न स्थानहरुबाट अबैंध भन्सार चोरी छलीका अन्दाजी रु.३०,५००।– बराबरको चिनी,केराउ,कपडा,चकलेट,साईकलको सामानहरु सहित धनगढी उप-महानगरपालिका २ ट्राफिक चोकबाट ऐ. ३ बस्ने बर्ष २७ को कुवेर महरालाई  समेत नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु सहित मानिसलाई आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालयमा पठाईएको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१४

      कैलाली:-  मिति २०८२।०३।१३  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ सहिद गेट र टिकापुर न.पा.८ अरनुवा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७५,६५०।– बराबरको बिडी, सुर्ती, पानिपुरी, कुर्ता सुरवाल, धोती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                      कञ्चनपुर:- मिति २०८२।०३।१३ गते १२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ टाउके बजार स्थित भित्री सडक किनारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८९,५००।- बराबरको सुटपिस, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागी त्रिनगर भन्सार कार्यालय धनगढी, कैलालीलाई वुझाएको ।