प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-१०-२३

  • A
  • A-
  • A+
Share

कैलाली-मिति २०७९।१०।२३ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले  धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ३८ की गिता थापालाई चेक अनादर मुद्धामा सम्मानित कैलाली जिल्ला अदालत कैलालीको मिति ०७८।०१।०७ गतेका फैसलाले रु.५०० जरीवाना तोकीएकोले फैसला मितिबाटै फरार रहेकोमा निजलाई ऐ.ठाँउ बाट पक्राउ गरेको हो ।

     कञ्चनपुर- यसैगरि २०७९।१०।२३ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिई गएको प्रहरी टोलीले  जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.३ तिलकपुर बस्ने चोरी मुद्दामा फरार प्रतिवादी सुरेश कार्कीलाई मिति ०७८।०९।२१ गते सम्मानित कञ्चनपुर जिल्ला अदालतको फैसला अनुसार २ महिना कैद र रू.२,०००।- जरिवाना भएकोले निज सोही मितिबाट भागी फरार रहेकोमा निजलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालतमा प्रहरीले पेश गरेको छ ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।