प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०६-१५

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०६।१४ गते १७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ भासीबाट देश भारत, लखिमपुर जिल्ला पलिया बस्ने बर्ष २८ को बलराम सिहलाई संका लागी चेकजाँच गर्दा १.८२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ, नगद रु.८,१०० र मोवायल थान-१ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

    यसैगरी, मिति २०८१।०६।१४ गते १८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेदकोट न.पा.५ पोलखरीबाट सोही ठाउँ बस्ने बर्ष २७ को सुरेश नेपालीलाइ संका लागी चेकजाँच गर्दा ९ एम्फुल रेक्सोजोसिस र ९ एम्फुल फेनारगन लागू औषध फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

     कैलाली:- मिति २०८१।०६।१४ गते २०:१५ बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.१ मनहरा टोलबाट सोही ठाउँ बस्ने बर्ष १९ को कमल रिजाललाई ५३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ र नगद रु.३,९०० सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।