सवारी दुर्घटनामा मृत्यु
२०८१-०६-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।१४ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ गोप्का स्थित पुर्व-पश्चिम राजमार्गमा से ६ प ६२७९ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ आउदै गरेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ६२७९ नम्बरको मोटरसाइकल चालक जिल्ला कैलाली, जानकी गा.पा.८ पालबजार बस्ने वर्ष २० को निर्मल चौधरी र बा ९५ प ९२५२ को मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. ७ बस्ने वर्ष २६ को चिरन्जिबी मल्ल दुबै जना गम्भिर घाईते भई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई मृत्यु घोषणा गरेको, बा ९५ प ९२५२ नम्बरको मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २२ को दिपक बोहराको नवजीवन अस्पताल धनगढीमा उपचार भईरहेको ।