प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०६-१५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०६।१४ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ गोप्का स्थित पुर्व-पश्चिम राजमार्गमा से ६ प ६२७९ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ आउदै गरेको  बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ६२७९ नम्बरको मोटरसाइकल चालक जिल्ला कैलाली, जानकी गा.पा.८ पालबजार बस्ने वर्ष २० को निर्मल चौधरी र  बा ९५ प ९२५२ को मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. ७ बस्ने वर्ष २६ को चिरन्जिबी मल्ल दुबै जना गम्भिर घाईते भई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई मृत्यु घोषणा गरेको,  बा ९५ प ९२५२ नम्बरको मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २२ को दिपक बोहराको नवजीवन अस्पताल धनगढीमा उपचार भईरहेको ।  


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।