प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०७९-१०-२५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०७९।१०।२४ गतेको साझतिर कञ्चनपुर जिल्लाको बिभिन्न स्थानवाट लागुऔषधसहित ५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको हो । बेलौरी नपा६ बैशाखा स्थित नेपाल भारत सिमा ईलाकामा ईलाका प्रहरी कार्यालय वेलौरीवाट खटीएको प्रहरी टोलीले चेक जाँचको क्रममा जिल्ला कैलाली जोशीपुर गापा६ सिम्री बस्ने  बर्ष २३ को पारस कठरियाले चलाएको सु.प.प्र.०१-०११ प ७१४६ नम्बरको स्कुटीपछाडी सवारऐ. २ मुद्दी बस्ने बर्ष २३ को दिनेश रावतसमेतलाई शंका लागीचेकजाँच गर्दा सोही स्कुटीको मोडगार्ड भित्र कालो रङ्गको प्लाष्टिकको थैलीमा १ पोका ०.८३ मिली ग्राम लागु औषध (खैरो हेरोईन)  फेला पारी लागु औषध,स्कुटीर दुबै जना लाईपक्राउ गरेको हो । यसै गरी भिमदत्त न.पा. ४ कोव्रा डान्स बार नजिकै सडक खण्डमा व.प्र.का. महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ऐ. ३ भाँसी बस्ने बर्ष १९ प्रवेश थापा मगरले चलाएको म. २ प. १८६६ नं. को मो.सा. लाई चेकजाँच गर्ने क्रममा सोही मो.सा. पछाडी सवार जिल्ला दार्चुला शैल्यशिखर न.पा. ३ घर भई हाल ऐ. भिमदत्त न.पा. ३ ऐठपुर कोठा गरी बस्ने बर्ष २९ को राम सिंह धामीको साथबाट Diazepam injection २० वटा, Buprenorphine Injection २० वटा, PromephazineHydrochlOride Injection २० वटा गरी जम्मा ६० वटा पिस र Nitraje Pam Tablet १० वटा फेला पारी ऐ. मो.सा. पछाडी सवार ऐ. भिमदत्त न.पा. ४ वस्ने बर्ष १८ को अनुराग टोके समेतलाई प्रहरीले पक्राउ गरेको हो । सो सम्म्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कैलाली:- यसै गरी मिति २०७९/१०/२४ गतेको रातीटीकापुर नपा २ मुलपानी स्थित सडक खण्डमा Ontestमो.सा.दुर्घटना भएको भन्ने खबर जानकारी हुना साथ ईलाका प्रहरी कार्यालय टिकापरवाट खटिगएको प्रहरी टोलीसो स्थानमा पुग्दा जिल्ला कैलाली टीकापुर नपा५ नुक्कलीपुर बस्ने बर्ष २३ को साजन चौधरी लाई फेला पारी निजकोशरिर खानतलासी गर्दा निजले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागुऔषध खैरो हिरोईनसहित मोसा रमानिसलाई पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।