प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छलफल तथा अन्तरक्रिया कार्यक्रम

२०७९-१०-२५

  • A
  • A-
  • A+
Share

आज मिति २०७९।१०।२५ गतेको बिहान जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा न.१ स्थित उद्योग बाणिज्य संघको सभा हलमा यस सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिंहज्युको संयोजकत्वमा मनोदिपक औषधीको ब्यबस्थापन सम्बन्धि सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम-२०७९ शुरु भएको थियो । उक्त कार्यक्रममा धनगढी उप-महानगरपालिकाका नगर प्रमुख, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, उद्योग बाणिज्य संघका पदाधिकारीहरु,फार्मेसी/औषधि ब्यवसायी, संघ संस्थाका प्रतिनिधिहरु, समाजका भद्र-भलादमी पत्रकार तथा अन्य सरोकारवाला निकायहरुको उपस्थितिमा लागु औषधको रुपमा समेत प्रयोग हुने औषधी जन्य पदार्थको वेचविखन गर्दा चिकित्सकको सिफारिसलाई अनिवार्य गर्ने । सरोकारवाला सवै निकाय संघ संस्थाले आ-आफ्नो दायित्व बहन गरि अनुगमन, निरिक्षण लगायतका कार्यहरुलाई निरन्तरता दिने, साथै जिल्ला सुरक्षा  समितिले विशेष पहल कदमी लिई मनोदिपक पदार्थहरुको विक्री वितरण नियमन गर्ने तर्फ अग्रसरता लिने । कानून बमोजिम अधिकार प्राप्त स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिहरुले मेडिकल सञ्चालन, औषधी बेचविखन लगायतका कार्यहरु नगर्ने/नगराउने निर्णयहरु गर्नुका साथै “लागु औषध बिरुद्वको महाअभियान २०७९” लाई सहज रूपमा सञ्चालन गर्ने सम्बन्धी समेत छलफल गरिएको थियो ।   


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१४

     कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाट स्थितबाट १ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र PROXIOHMSPAS नामक २८ वटा क्याप्सुल, N10 नामक २८ वटा ट्याब्लेट सहित जिल्ला कैलाली टीकापुर न.पा.५ बस्ने वर्ष २२ को रोशन सार्की सहित २ जनालाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले टोलीले शुक्रबार लु.प्र.०१-०१५प ४७८९ नम्बरको मो.सा.मा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ चटकपुर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२७ मिलिग्राम सहित जिल्ला डोटी जोरायल गा.पा. २ बस्ने वर्ष २५ को अमर बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट चटकपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८३-०७-१४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,  जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजहरुलाई पक्राउ गरेको छ ।    १. लागु औषध मुद्धामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला डोटी जोरायल गा.पा.वडा नं १ बस्ने वर्ष २२ को किरण बिश्वकर्मा ।  २. चेक अनादर मुद्धामा रु. २,०००।–( दुई हजार ) जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने नन्द राज जैशी र   सोही मुद्दामा रु. १०००।–(एक हजार)  जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने गजेन्द्र शाही ।३. बैन्किङ कसुर मुद्दामा ७ दिन कैद सजाय  र रु.१३,५५,०००।– ( तेह्ललाख पचपन्न हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.वडा न.१ बस्ने वर्ष ३६ को सरोज चौधरी ।

फरार प्रतिवादी पक्राउ
२०८३-०७-१३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।    १. सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाय  र रु.२,०००।–( दुई हजार) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ३ बस्ने वर्ष ३४ को बुधराम थारु ।   २. बैङ्किङ कसुर मुद्धामा ५ दिन कैद सजाय  र रु. ४,००,०००।–( चार लाख ) जरिवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ५ बस्ने वर्ष ३० को प्रदिप कुमार चौधरी ।