प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०७-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २६ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.२ बस्ने बर्ष २६ को ज्ञानेन्द्र सिह धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।१३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१८

   कञ्चनपुर:-   मिति २०८१।०९।१७ गते १३:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी नपा २ बैजुडाँडा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र. ०१-०१० प १३२५ नम्बरको मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ०५ गुलरीया बस्ने वर्ष २७ को गणेश बहादुर खड्का र पछाडी सवार ऐ. ०६ गुलरीया बस्ने बर्ष ३३ को चेत राज भण्डारीलाई चेकजाँच गर्दा ६.४२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ, मोटरसाईकल र निजहरु दुवै जनालाई  प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    यसैगरी,   मिति २०८१।०९।१७ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ ब्रहमदेव स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने वर्ष ३५ को गणेश बुढालाई ०.६९ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

अबैध काठ सहित मानिस नियन्त्रणमा
२०८१-०९-१८

      कैलाली:- मिति २०८१।०९।१७ गते १५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. १ पुर्व रोड स्थित पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको से १ त ६३३७ नम्बरको ट्याक्टरलाई संका लागी चेक जाँच गर्दा अबैध जमुना जातको काठको गोलिया थान-२ र बट्ररो जातको काठको गोलिया थान-२ गरि जम्मा थान-४ काठको गोलिया (९० क्युफिट) फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको ट्याक्टर र ट्याक्टर चालक ऐ. धनगढी उ.म.न.पा.३ बस्ने बर्ष बर्ष १९ को रमेश डगौरालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय अत्तरिया, कैलालीमा बुझाएको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-१८

    कैलाली:-  मिति २०८१।०९।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ SPA कलेज नजिक, ऐ.१० सिमलघाट, घोडाघोडी न.पा.१२ नक्फोडुवा र टिकापुर न.पा. ९ पायलगाउ स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५१,६९०।– बराबरको चिनी, सुर्ती, टाउर, माछा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।               कञ्चनपुर:-  मिति २०८१।०९।१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ सुकाशाल र ऐ. १० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१५,५३५।– बराबरको चिनि, मिश्री, गुड, खाने तेल, मटर, सुर्ती, चप्पल, टाउजर, नल्का, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१७

      कैलाली:-   मिति २०८१।०९।१६ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ त्रिनगर पुल नजिकबाट ऐ. गोदावरी न.पा.३ बस्ने बर्ष २७ को दिपक सुवेदीलाई ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      यसैगरी,   मिति २०८१।०९।१६ गते १९:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ मिलन चोकबाट सोही ठाउँ बस्ने बर्ष २१ को निराजन बिष्टलाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     कञ्चनपुर:-   मिति २०८१।०९।१६ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. ०१ फोरलाईन पुलबाट म १ प ७०४४ नम्बरको मोटरसाइकल चालक जिल्ला कञ्चनपुर भीमदत्त न.पा.१८ बस्ने १८ बर्षिय किशोर र पछाडी सवार ऐ. १० बस्ने बर्ष २४ को विमल बिष्टलाई चेकजाँच गर्दा १८ बर्षिय किशोरको साथबाट १.८८ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ, मोटरसाईकल र निजहरु दुवै जनालाई  लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङगे, कञ्चनपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०९-१७

      बैतडी:- मिति २०८१।०९।१६ गते ११:३० बजेको समयमा जिल्ला बैतडी, सुर्नया गा.पा.०६ सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगा स्थित से १ ज २४१ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १६,१६,०००।– बराबरको दिलखुस नामक बिडी १६ पेटी र उक्त जिप सहित चालक जिल्ला बैतडी सुर्नया गा.पा. ०२ बस्ने बर्ष २१ को हरीष बिष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको, उक्त सामान, जिप र मानिसलाई आवश्यक कारबाहीको महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाएको ।      कैलाली:-  मिति २०८१।०९।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १५ कनरी र टिकापुर न.पा. ९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६१,०००।– बराबरको कार्पेट, सोफा, तातो कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।             कञ्चनपुर:-  मिति २०८१।०९।१६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ भुजेला र बेलौरी न.पा. ६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६२,५००।– बराबरको चिनि, मिश्री, जुत्ता, चप्पल, कपडा, साईकलका सामान, माछा, किराना, हाडबेयर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।