प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१०-२७

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१०।२६ गते कैलालीका बिभन्न स्थानहरुवाट चेक जाँचको क्रममा लागुऔषध खैरोहेरोईन सहित १४ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले चेकजाँचको क्रममा जिल्ला कैलाली गोदावरी नगरपालीका वडा नं. ४ स्थित घर कोठावाट ऐ. ६ बस्ने वर्ष २५ को गोपाल चौधरी समेतका ६ जना मानिसहरुलाई ४ ग्राम १२० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । ऐ टिकापुर न पा १ स्थित  चेक जाँच गर्दा  जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं. बस्ने बर्ष १९ को सागर काफ्लेले चलाएको प्रदेश ३ -०२ ००६ प ६४१२ नं.को मो.सा. शंका लागी चेक जाँच गर्ने क्रममा मो.सा.पछाडी सवार ऐ.लम्की चुहा नगरपालीका १ बस्ने बर्ष १९ को लोकेश शाहीले लगाएको ज्याकेटको खल्तिमा लुकाई छिपाई राखेको १ ग्राम ६३० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १० घुईयाघाट स्थित गस्तिमा खटिएको प्रहरी टोलिले ऐ.ऐ. ६ बस्ने वर्ष २० को रामभजन रानाले चलाएको प्रदेश नं.०३०२-००१ प ११४४ नं. को मो.सा. लाई शंका लागी रोकी चेक जाँच गर्दा सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २४ को प्रकाश रानाको पाईन्टको गोजी बाट १०० मिलि ग्राम लाऔषध खैरोहेरोईन र सोही स्थानमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ०७ बस्ने बर्ष १८ को कमल रानाले चलाएको सु.प.प्र.१-१०प ४३९१ नं. को मो. सा चेकजाँच गर्ने क्रममा मो.सा. पछाडी सवार जिल्ला कैलाली गोदावरी न.पा. ५ बस्ने बर्ष १८ की प्रिन्स भट्टको साथ बाट ५०० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित दुवै जनालाई पक्राउ गरेको हो । यसै गरि जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १३ राजपुर चोक स्थित चालक जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ११ बस्ने बर्ष २६ को किरण जोशीले चलाएको सु.प.प्र. ०१००९ प २४०१ नम्बरको मो.सा.  चेक जाँच  गर्ने क्रममा निजको साथबाट ७ मिलि ग्राम  लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।