प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१०।२८ गते कैललीका बिभन्न स्थानवाट लागुऔषध सहित ४ जना मानिस पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेत कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले ४ किलो चरेश सहित  जिल्ला बझाङ बुङ्गल न.पा.२ घर भई हाल जिल्ला कैलाली गोदावरी न.पा.४ गौरीगडा बस्ने बर्ष ६२ को गगने धामी लाई ऐ.४ बेल्पानी स्थित चेक जाँचको क्रममा पक्राउ गरेको ।

यसै गरि ईलाका प्रहरी कार्यालय मालाखेती कैलाली वाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा. १ बाँसबारि स्थित पुस्पराज पुनमगरको घरमा डेरा गरी बस्ने ऐ. चुरे गा.पा. ३ बस्ने बर्ष २३ कि निर्मला कुमारी रावत र ऐ. गोदावरी नगरपालीका वडा नं. १ वस्ने वर्ष २४ को राजन हमालको साथ बाट ४ ग्राम ५०० मिली ग्राम लागु औषध खैरोहेरोईन सहित फेला पारी निजलाई समेत पक्राउ साथै ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. १ वस्ने वर्ष २५ को डायमण्ड विक्रम शाह शंका लागी चेक जाँच गर्ने क्रममा निजकोसाथ बाट लागु औषधखैरो हेरोईन १०० मिलिग्राम फेला पारी निजलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।